नेपाली जनताले दिएको झन्डै दुई तिहाइ बहुमत जोगाएर जनताको पक्षमा काम गर्न नसकेका तात्कालिन डबल नेकपाका दुई घटक मध्ये एकले सोमबार सर्बोच्च अदालतलाई गालीको वर्षा गर्यो भने अर्को समुहले सर्बोच्चको पक्षमा ताली बजायो।
सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिघटन गरेको प्रतिनिधि सभालाई बदर गर्दै शेरबहादुर देउबालाई सरकार बनाउन परमादेश जारी गरेपछि नेपाली जनताले झन्डै दुई-तिहाई मत दिएको तात्कालिन डबल नेकपा भित्र रहेको माओवादी केन्द्र समुहले सोमबार सर्बोच्च अदालतको जयजयकार गर्दै ताली बजाएर दीपावली समेत गर्यो भने त्यही डबल नेकपाभित्रको एमाले समुहले सर्बोच्च अदालतलाई गाली गर्दै अदालत्बिरुद्ध चर्का नाराबाजी मात्र गरेन, प्रधान न्यायाधीशको पुत्ला समेत जलायो र राँको समेत बाल्यो।
जनताको दुई-तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा काम गर्नुपर्ने थियो। तर दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि जनतन्त्र र जनजीविकाका सवाल ओझेलमा त परे नै जनजीवन अप्ठ्यारोमा पर्यो र राष्ट्रियतामाथि झन् देशी तथा बिदेशी शक्तिहरुले आँखा गाडे। फलत: नेपाली राष्ट्रियता कमजोर बनेको आम नेपाली जनताले महशुश गरेका छन्। त्यसमाथि पनि जनताको मतलाई अनादर गर्दै सत्तारुढ दलभित्रकै दुई कम्युनिष्ट पार्टीहरु दुई खेमामा विभाजित भएर एकले अर्कालाई भ्रस्ट अनि राष्ट्रविरोधी भनेर आरोप-प्रत्यारोपमा उत्रिए। त्यती मात्र पुगेन, नेपाली जनताले पांच वर्षका लागि भनेर दुई-तिहाइ बहुमतलाई लत्याउदै त्यही संसद बिघटन गर्न पुगे।
सत्तारुढ पार्टी भए पनि जनताको दुई-तिहाइ मतलाई बिर्सिएर पार्टीभित्रै पुर्व एमाले र पुर्व माओवादी केन्द्रको गतिबिधि गर्दै एकले अर्कालाई कटाक्ष गरिरहे। उनीहरु बिचको झगडा यति सम्मको देखियो कि आम नेपाली जनतालाई पाच्य थिएन। त्यो झगडा अदालतसम्म पुग्यो। अदालतले पनि उनीहरुको कर्तुत हेरेर उनीहरुकै भावना अनुरुप संविधानको धारा उपधारा उल्लेख गरेर पार्टी विभाजित गरिदियो।
सर्बोच्च अद्लाताको आदेशले दुइ-तिहाइको बहुमत पाएर सरकारमा गएका कम्युनिष्टहरु नेकपा एमाले र नेकपा (माओबादी केन्द्र) बनेर फर्किए। त्यसपछि पनि उनीहरुको चेत खुलेन। मुलुकमा कोरोना महामारीले जनता आक्रान्त छन् , जनता खान नपाएर मर्न्परने अवस्था सृजना भएको छ। मुलुकमा सरकार नभएको अनुभूति जनताले गरिरहेका छन्। यही मौका छोपेर छिमेकी भारतले नेपाली भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो नक्शामा गाभ्यो। फेरी पनि यी बिषयमा एमाले र माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको ध्यान गएन। उनीहरु एकले अर्कोलाई दानब र राक्षस प्रमाणित गर्न लागि परे। देश कता पुग्यो, जनताको अवस्था के छ ? उनीहरुलाई मतलब भएन। सत्तास्वार्थका लागि उनीहरुले देशी तथा बिदेशी दलाल शक्तिहरुसंग सम्झौता गरे। तर दुई-तिहाई जनताको बहुमतलाई अवमुल्यन गर्ने उनीहरुले अदालतको भर परिरहे।
द्युई-तिहाइ बहुमतको सरकारलाई अवमुल्यन गर्दै सर्बोच्च अदालतले पार्टी फुटाउने आदेश दिंदा बाहिर-बाहिर बिरोध गरे जस्तो गरे पनि भित्र-भित्र अदालतको जयजयकार गरिरहे। निहित सत्ता स्वार्थका लागि उनीहरुले भारतको इशारामा हिजो सीमामा ढुंगा हान्नेहरु, हिजो आफुहरुको टाउकाको मूल्य तोक्नेलाई नजिकको मित्र सम्झिन पुगे। तर देश र जनताको लागि लड्ने तथा राष्ट्रवादीहरुको खोजी खोजि जरो-टुप्पो उखेल्न थाले।
उनीहरु यतिसम्म हिम्श्रक बनिरहे कि देश र जनताको चिन्ता मानेर देश र जनताविरोधी कदमका बिरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रवादी देशभक्त शक्तिहरुलाई लाठी बर्साउन लगाए, जेल,नेल हाल्न लगाए र हिहि गरेर नेपाली जनतालाई हरिया दांत देखाई रहे। उनीहरु यति निर्लज्ज र निर्बस्त्र भैसकेका रहेछन कि सर्बोच्च अदालतले सोमबार ओलीले बिघटन गरेको प्रतिनिधि सभा ब्युँताउदा उनीहरु झसंग भएका छन्।
अरुले बिरोध प्रदर्शन गर्दा कोरोना महामारीको त्रास देखाउनेहरु हिजो सडकमा उत्रिएर जिन्दाबाद र मुर्दाबाद्को नारा लगाए। “अब जे गर्छ, अदालतले गर्छ ” भन्नेहरु हिजो सडकमा उत्रिएर केहीले अदालतप्रति औंलो ठड्याए, केहीले अदालतको जयजयकार गरेर मैन बत्ती बाले।
कम्युनिष्टहरु वस्तुवादी हुन्छन, भौतिकवादी हुन्छन भनेथे। तर सोमबारको सडकमा उत्रिएको राजनीतिक प्रदर्शनले त्यो देखाएन। कम्युनिष्टहरु त राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा गम्भीर हुन्छन भन्थे। तर त्यो पनि खै के खै के जस्तो देखिएको छ।
सर्बोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएको अवस्थामा दुई-तिहाइ बहुमत पाएका कम्युनिष्टहरुको अवस्था अहिले के छ र हुन्छ त ? के नेपालका कम्युनिष्टहरु सत्ता चलाउन अयोग्य हुन् ? के नेपालका कम्युनिष्टहरु देशी तथा बिदेशी शक्तिका दलाल र दास मात्र हुन् ? हैन भने नेपालका कम्युनिष्टहरुले आफुहरु वास्तविक कम्युनिष्ट भएको प्रमाणित गर्ने मौका किन गुमाए र अब फेरी मौका पाए उमीहरुले सदुपयोग गर्छन भन्ने के ग्यारेन्टी छ ? दुई-तिहाइ बहुमत पाउँदा राष्ट्रियता, जनतन्त्र र जनाजिबिकाप्रती गम्भीर नबनेका कम्युनिष्टहरु अब कहिले राष्ट्रियता, जनतन्त्र र जनाजिबिकाप्रती जिम्मेवार बन्लान ?
आज शेरबहादुर देउबा प्रधानमन्त्री बनेपनि ढिलो चांडो मुलुक चुनाबमा जान बाध्य छ। अब हुने चुनाबमा यी कम्युनिष्टहरु जनतामाझ के भनेर जानेछन त। जनतालाई उनीहरुले के भनेर झुक्याउने हुन् त ? क अब संसदले राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर्ला त ? नेकपा एमालेलाई पुनर्जीवित गराएका भिम रावलहरुले के अब राष्ट्रघाती एमसीसी सम्झौताको बिरोध गर्लान त ? के अब बन्ने सरकारले गुमेको नेपाली भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्न सक्ला ? के अबको सरकारले महंगी, भ्रस्टाचार, बेठी, अनियमितता, अन्याय, अत्याचार निर्मुल पार्न सक्ला ? त्यो सब नेपालि जनताका लागि दिवास्वप्न बनेका छन्। यस्तो अवस्थामा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले सडकमा उत्रिएर सर्बोच्च अदालतलाई गाली र ताली दिनुको कुनै अर्थ छैन। तसर्थ तपाइहरु वास्तविक कम्युनिस्ट हो भने राष्ट्रियता, जनतन्त्र र जनाजिविकाका सवालमा आवाज उठाउनुहोस। खाली सत्तामोह त्याग्नुस। नेपाली जनतालाई यिनीहरु त वास्तविक कम्युनिष्ट उन भन्ने अनुभूति दिलाउनुस।
एउटा कम्युनिष्ट कार्यकर्ता भैरहदा यही दलाल संसदीय ब्यबस्थामा अल्झिरहे बैज्ञानिक समाजवादी ब्यबस्थामा पुग्न सकिन्न भन्ने कुरालाई पनि मनन गर्दै कार्यानाबयानका लागि तत्परता देखाउनुस। सडकमा उफ़्रिएर मात्र सक्कली कम्युनिष्ट बन्न सकिन्न।