अर्जेन्टिनाले २८ वर्षपछी जित्यो, कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले २८ वर्षपछी जित्यो, कोपा अमेरिकाको उपाधि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असार २०७८
  • 4.7K
    Shares

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले २८ वर्षपछी कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।  अर्जेन्टिनाले  ब्राजिललाई पराजित गर्दै यस वर्षको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ब्राजिललाई १-० गोलको अन्तरले पराजित गर्दै यस वर्षको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले  जितेको छ ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै कोपा अमेरिका फुटबल प्रतियोगिताको निर्णायक गोल बनेको थियो।

रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।

२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

प्रतिक्रिया