बलिउड अभिनेता दिलिप कुमारको निधन

बलिउड अभिनेता दिलिप कुमारको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ असार २०७८
  • 5.1K
    Shares

बलिउड अभिनेता दिलिप कुमार

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज बिहान ७.३० बजे निधन भएको छ ।

लामो समयदेखि सास सम्बन्धि रोगबाट पिडित कलाकार दिलिप कुमारको मुम्बईस्थित खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।

अंग्रेजी महिना जुनमा मात्र उनलाई खार हिन्दुजा अस्पतालमा दुई पटक भर्ना गरिएको थियो। यसभन्दा अघि जुन ५ मा त्यस अस्पतालमा भर्ना भएका कलाकार दिलिप कुमार त्यहाँ छ दिन उपचार गरेर घर फर्किएका थिए। त्यसको दश दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि अन्तिम पटक उनलाई फेरी खार हिन्दुजा अस्पतालमा नै भर्ना गरी आईसियुमा उपचार गरिएको थियो र त्यही उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ।

सन् १९२२ को दिसम्बर ११ तारेखमा पाकिस्तानको पेशावरमा जन्मिएका कलाकार दिलिप कुमारलाई भारतीय फिल्म उद्योगमा Tragedy King का रुपमा चिनिन्छ।

असली नाम मोहम्मद युसुफ खान रहेका उनी पछि भारतीय फिल्म उद्योगमा दिलिप कुमारको नामबाट परिचित भएका थिए।

प्रतिक्रिया