आगामी केही बर्षभित्र दक्षिण एशियाको शक्ति सन्तुुलनमा ईण्डियाको प्रभूत्वको अन्त्य हुँदैछ। ईण्डिया पश्चिमाहरुको कित्तामा रहेको कारणले मात्र होईन कि अमेरीकासंग भएका LEMOA, COMCASA, BECA, MISTA जस्ता सुरक्षा संझौताहरुका कारणले पनि त्यो पश्चिमा कित्ताबाट उम्कन सक्ने अवस्था छैन। यसलाई रुस र चीनले राम्रोसंग बुझेका छन्।
यो यथार्थतालाई ध्यानमा राखेर ईण्डियालाई नियन्त्रण गर्ने उद्देश्यले रुस र चीनको रणनीति अगाडि बढिरहेको छ। यसका लागि दुबै देशहरुले पाकिस्तानको आर्थिक एवं सामरिक विकासमा निकै ठूलो शक्ति लगाएका छन्। पाकिस्तानको हातबाट ईण्डियालाई नियन्त्रण गराउन सकेको अवस्थामा एशियामा पश्चिमाहरुको चढाईको योजना पूर्ण रुपमा असफल हुनेछ।
पाकिस्तान हिंजोको अवस्थामा छैन भन्ने यथार्थताको उदाहरण अफगानिस्तानबाट भागेपछि अमेरीकाले दिएको प्रतिकृयामा देख्न सकिन्छ। एक अमेरीकी अधिकारिले अफगानिस्तानमा अमेरीका असफल हुनुको कारण पासिकस्तान भएको तथ्य ओकलेका छन्। तालेवानलाई पाकिस्तानले साथ दिएका कारण अमेरीका असफल भएको उनको बयान आएको छ।
पाकिस्तानको शक्तिको आँकलन गर्न सकिने दोश्रो उदाहरण त्यसले अमेरीकालाई आफ्ना हवाई अड्डाहरु प्रयोग गर्न ईन्कार गर्नु हो। अमेरीकाको धम्किा बाबजुद पाकिस्तानले त्यसलाई लात हानेपछि त्यसले हवाई अड्डाहरु प्रयोग गर्ने थलोका रुपमा ईण्डियालाई चयन गरेको छ। अमेरीका र ईण्डियाका बिचमा आफ्नो भूमी प्रयोग गर्ने दिने आधा दर्जन संझौताहरु भएका छन्।
रुस र चीनको सैन्य सहयोग तथा आर्थिक लगानीमा ब्याक बृद्धिका कारणले पाकिस्तान धेरै बलियो भैसकेको छ। दक्षिण एशियामा पाकिस्तान, मध्यपूर्वमा ईरान र सुदुर पश्चिम एशियामा टर्किलाई रुस र चीनले जसरी उठाईरहेका छन् र यी ३ वटै देशहरुसंग इृण्डियाको सम्बन्ध जुन रुपमा बिग्रेको वा बिग्रँदै गएको छ यसले ईण्डियाको शक्तिमा ठूलो ह्रास आउने संभावना बढ्दै गएको छ।