कपिलवस्तुमा बुधबार राति माओवादी केन्द्रका नेतासहित दुई जनामाथि गो’ली हाने’को आ’रोपमा प्रहरीले सात जनालाई प’क्राउ गरेको छ।
प्रहरीले घटनामा सं’लग्न रहेको आ’रोपमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित सात जनालाई पक्रा’उ गरेको हो। प्रहरीले आफ्नो नियन्त्र’णमा रहेका अन्य छ जनाको परि’चय खुलाए’को छै’न। उनीहरुको विषयमा अनु’सन्धान जारी रहेको प्रहरीको दाबी छ।
लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवा’तर्फ जाँदै गरेका माओबादी केन्द्रका नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय इयाज अख्तर मुसलमानलाई कपिलवस्तु नगरपालिका–३ सडवाको सडकमा अपरिचित व्यक्तिहरुको समु’हले गो’ली हाने’को थियो।
पाण्डेको पेट र कम्मर’माथि पेस्तो’लको दुईवटा गो’ली लागेको छ । गो’ली ला’गेर घा’इते बनेका उनीहरु दुवैको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा उप’चार भइरहेको छ ।
घटनास्थ’लबाट एक थान खोका, एक राउ’ण्ड लाइभ बुलेट र एक थान चप्पल प्रहरीले बरा’मद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोली लागेका पाण्डे नदी’जन्य पदार्थको ठेक्का’पट्टाको काम समेत गर्ने गरेकाले व्याव’सायिक ले’नदे’नका कारण घ’टना भएको हुन’सक्ने प्रहरीले बताएको छ ।