देवर-भाउजूको अनैतिक सम्बन्धकाकारण पतिको हत्या : पत्नीसहित चारजना पक्राउ

देवर-भाउजूको अनैतिक सम्बन्धकाकारण पतिको हत्या : पत्नीसहित चारजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ बैशाख २०७८
  • 6.5K
    Shares

धनुषामा पतिको हत्या गरी फरार एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार उनकी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

हत्या आरोपमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाई अनिल मण्डललाई पक्राउ गरिएको छ। उनीहरुलाई भगाउन र लुकाउनमा संलग्न रहेको आरोपमा अन्य २ जनालाई समेत पक्राउ गरिएको डिएसपी मिश्रले बताए।

प्रारम्भिक अनुसन्धानमा देवरसँग भाउजूको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहहरूले नै शम्भुको शुक्रबार राति  धारिलो हतियार प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार देवर र भाउजूबीच रहेको अवैध सम्बन्धको कारण पत्नी र भाइसित विवाद हुँदा शम्भुको हत्या गरिएको हो। वैदेशिक रोजगारीमा रहेका शम्भु करिब एक महिनाअघि मात्र घर फर्केका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार