पुरानो मदरसा भत्काउने क्रममा मजदूरको च्यापिएर मृत्यु

पुरानो मदरसा भत्काउने क्रममा मजदूरको च्यापिएर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ बैशाख २०७८
  • 6.2K
    Shares

deadbody , शब , janasanchar

महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर मृत्यु भएको छ ।

सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए । प्रारम्भिक अनुसन्धान पश्‍चात मृतकको शव उनको आफन्तले बुझेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार