मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन फेवाताल पुगेको पोखरा महानगरको जम्बो टोली त्यत्तिकै फर्किएको छ।
पोखरा महानगरपालिका वडा न .१८ फेवा किनार बनेको पर्खाल भत्काउन डोजर र ट्रिपरसहित फेवाताल किनार पुगेको पोखरा महानगरको जम्बो टोली स्थानीय बास्न्दाको चर्को बिरोधपछी त्यत्तिकै फर्किएको हो।
पर्खाल भत्काउन पुगेका महानगरका कर्मचारी र व्यवसायीबीच केही बेर घम्साघम्सी भएको थियो । व्यवसायी र महानगरका कर्मचारीबीच चर्काचर्की हुनुभन्दा केही अगाडि नागरिक अगुवा तथा स्थानीयबीच पर्खाल भत्काउने विषयलाई लिएर विवाद समेत भएको थियो । विवादलाई मध्यनजर गर्दै उक्त स्थानमा ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो। यद्यपी व्यवसायीको अवरोध भएपछी महानगरको डोजरले एक ट्रिपर ढुंगा मात्र जफत गरेर फर्किएको बताइएको छ। सो डोजरले करीब पांच मिटर पर्खाल मात्र भत्काएको छ।
यतिबेला फेवातालको ४ किल्ला निर्धारण भएपनि सरकारले संरचना बनाउने मापदण्ड नतोक्दा फेवातालमा छेउछाउमा अतिक्रमण बढ्न थालेको छ । महानगरले कति मिटर वरपरसम्म संरचना निर्माण गर्न पाइन्छ, त्यसको मापदण्ड तोक्ने जिम्मेवारी पाएको छ । तर महानगरले उक्त काममा ढिलाई गर्दा अतिक्रमण बढ्न थालेको छ ।
गत मंसिर २७ गते फेवाताल किनारमा अवैध रुपमा संरचना निर्माण भयो । उक्त संरचनामा महानगरले डोजर चलायो । बिहान महानगरले भत्काउन नपाउँदै व्यबसायिले पुनः सोही दिन राती संरचना बनाउन सुरु गरे । भोलीपल्ट बिहानै महानगरले पुनः डोजर चलायो ।