सुनका गरगहना तथा नगद चोरेर भागेका कुँवर गोरखाबाट पक्राउ

सुनका गरगहना तथा नगद चोरेर भागेका कुँवर गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० बैशाख २०७८
  • 7.4K
    Shares

janasanchar , nail , हत्कडी

सुनका गरगहना तथा नगद चोरेर भागेका एक युवकलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।  पक्राउ परेका युवक  गोर्खा जिल्लाकै सिरानचोक गाउँपालिका–१ घर भएका २१ वर्षीय सुकबहादुर कुँवर रहेका छन्

प्रहरीले  कुँवरलाईगोरखा नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेको आरोप लगाएको छ। कुँवरलाई उनको घरबाट नै पक्राउ गरिएको बताइएको छ।

कुँवरले गत बुधबार घर्तीको कोठामा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए। कुँवरको साथबाट चोरी गरी लुकाई राखेको अवस्थामा नगद रु ४७ हजार तीनसय १० रुपियाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार