दुई थान भरुवा बन्दुकसहित कैलालीबाट बीरबहादुर पक्राउ परे 

दुई थान भरुवा बन्दुकसहित कैलालीबाट बीरबहादुर पक्राउ परे 


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ बैशाख २०७८
  • 5.2K
    Shares

janasanchar , बीरबहादुर पक्राउ परे 

दुई थान भरुवा बन्दुकसहित कैलालीबाट एक युवा पक्राउ परेका छन्।

कैलालीको गौरीगंगा नगरपालिका ७ बस्ने वीर बहादुर थापा मगर दुई थान भरुवा बन्दुकसहित कैलालीबाट क्राउ परेका हुन्।

उनलाई प्रहरीले कैलालीको गौरीगंगा ९ स्थित शिवशंकर सामुदायिक वनबाट पक्राउ गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी भरत चौधरीले जानकारी दिए ।

वन्यजन्तु चोरी सिकारी गर्ने उद्देश्यले उक्त सामुदायिक वनमा प्रवेश गरेर शिकार खोजी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार