सुन्दा पनि अचम्म लाग्ने, ‘निर्माणाधीन पक्कि पुल हावाहुरीले उडायो’

सुन्दा पनि अचम्म लाग्ने, ‘निर्माणाधीन पक्कि पुल हावाहुरीले उडायो’


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ बैशाख २०७८
  • 5.8K
    Shares

janasanchar , bridge , हावाहुरीले उडाएको पुल

सुन्दा पनि अचम्म लाग्ने, ‘निर्माण हुँदै गरेको पक्कि पुललाई हावाहुरीले उडायो।’ वास्तविकता पनि यही हो।  त्यो पनि नेपालमा।

शनिबारको भीषण हावाहुरीले धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल उडाएको छ ।

त्यो पुल तीन वर्ष अघि निर्माण शुरु गरिएको थियो र एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन् । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । फोटो कान्तिपुर  स्रोत रातोपाटी डट कम 

प्रतिक्रिया
सम्बन्धित समाचार