काभ्रेमा स्काभेटरले किच्दा निर्माण व्यवसायी प्रकाश खनालको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका ७ र ८ सिमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले किचेर नमोबुद्ध ७ का प्रकाश खनालको मृत्यु जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
काभ्रेको दाप्चा खोलाको निर्माणाधीन पुल नजिकै फसेको टिपर निकाल्न गएको स्काभेटरले किच्दा घाइते भएका खनालाई उपचारका लागि आज बिहान धुलिखेल अस्पताल लगिएको थियो। उपचारार्थ अस्पताल लगिएका घाइते खनाललाई अस्पतालले मृत घोषणा गरेको थियो ।