गोरखा । ट्र्याक्टरले ठक्कर दिँदा आज गोरखामा एक बालकको मृत्यु भएको छ ।
घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले शहीद लखन गाउँपालिका–९ नाम्जुङ, छेलाङे चोक नजिकै ठक्कर दिंदा बिहानी कक्षा पढेर घर फर्कँदै गरेका १३ वर्षीय विवश ढकालको मृत्यु भएको छ ।
श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत ढकाललाई विद्यालयबाट करिब १०० मिटर टाढा ट्र्याक्टरले ठक्कर दिएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै बङ्ुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।