कार्यालय समयमा रक्सी पिएर सेवा प्रवाहमा मनपरी गरेपछि मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
निमित्त कार्यालय प्रमुख खड्कालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो प्रहरीमा पुगेपछि रुकुम पश्चिम मालपोतका निमित्त कार्यालय प्रमुख खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सञ्चारकर्मीलाई बताएका छन् ।
कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा पक्राउ गरिएका खड्कालाई प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए।