धारामा पानी भर्न गएकी किशोरीलाई बलात्कार गरेर भागेका गम बहादुर सिक्लेसबाट पक्राउ

धारामा पानी भर्न गएकी किशोरीलाई बलात्कार गरेर भागेका गम बहादुर सिक्लेसबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० चैत्र २०७७
  • 14.5K
    Shares

janasanchar , जबरजस्ती करणीका अभियुक्त गमबहादुर परियार

धारामा पानी भर्न गएकी किशोरीलाई बलात्कार गरेर भागेका एक युवक कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट पक्राउ गरिएको छ।

पक्राउ पर्ने अभियुक्त कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ सिक्लेस बस्ने २९ वर्षीय गम बहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त परियारले सिक्लेसकी १८ वर्षीया एक किशोरीलाई धारामा पानी भर्न गएका बखत धम्क्याएर वलात्कार गरी भागेको आरोप प्रहरीले लगाएको छ।

अभियुक्त परियारविरुद्ध जिल्ला अदालत कास्कीमा जर्वजस्ती करणी सम्बन्धी कसुर अन्तरगत म्याद थप भई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार