गएराती आफ्नै बाबुको हत्या गरेर विराटनगरबाट एक युवक भागे

गएराती आफ्नै बाबुको हत्या गरेर विराटनगरबाट एक युवक भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०७७
  • 7.9K
    Shares

गएराती आफ्नै बाबुको हत्या गरेर विराटनगरबाट एक युवक भागेका छन्।

शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या गरेर उनको छोरा भागेका हुन्।

घरायसी झगडामा सहनीको माइला छोरासँग विवाद भएको र माइलो छोराले घाँटीमा धारिलो हतियार प्रहार गरी भागेको हुन् सक्ने अनुमान प्रहरीले गरेको छ। माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।

छोराको आक्रमणबाट  गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएकोमा सोही अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार