एकै स्कुलका १० कक्षामा पढ्ने तीन बिद्यार्थीले कर्णाली चिसापानी पुलमा हाम फाले

एकै स्कुलका १० कक्षामा पढ्ने तीन बिद्यार्थीले कर्णाली चिसापानी पुलमा हाम फाले


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०७७
  • 10.4K
    Shares

janasanchar ,कर्णाली चिसापानी पुल

कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेका एकै बिद्यालयको कक्षा १० मा पढ्ने तीन बिद्यार्थी मध्येका एक जना अझै बेपत्ता छन्।

आठ जनाको समुहमा चिसापानी घुम्न गएकामध्ये तीन जना चिसापानी पुलबाट हाम फालेकोमा एक जना अझै बेपत्ता रहेका छन्।

कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार, लम्किचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षिय लोकेश प्याकुरेल, १७ वर्षिय बिरेन्द्र सिँह  र  लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षिय सञ्जय खड्काशनिबार दिउँसो  चिसापानी पुलबाट कर्णालीमा हाम फालेका थिए। प्याकुरेल र सिँहलाई तत्काल उद्धार गरिएको तर खड्का कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

कर्णालीमा हाम फालेर बेपत्ता भएका खड्काको कर्णाली नदीमा खोजी भैरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते भएका छन्। उनी हाम फालेको केही समयमै फेला परेका थिए।लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ।

उनीहरुसंगै नदीमा हाम फालेकाअर्का १७ वर्षका वीरेन्द्र सिंह पनि नदीमा हाम फालेको केहीबेरमै फेला परेका थिए। उनी सकुशल रहेको प्रहरीले बताएको छ।

उनीहरु नदीमा पौडिने क्रममा नदीमा हाम फालेका हुन् कि कर्णालीमा किन हाम फाले खुल्न बाँकी रहेको प्रहरीको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार