आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै संकटा क्लब फाइनलमा : आज नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच अर्को सेमिफाइनल खेल

आहा रारा गोल्डकप : एपीएफलाई हराउँदै संकटा क्लब फाइनलमा : आज नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच अर्को सेमिफाइनल खेल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ चैत्र २०७७
  • 5.1K
    Shares

संकटा क्लब एपीएफ

पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।

खेलको पहिलो हाफको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टीमलाई अग्रता दिलाएका थिए । उनले नेराज बस्नेतको लामो फ्रीकिकको सदुपयोग गरेका थिए । पहिलो हाफमै दवाबमा परेको एपीएफले खासै आक्रमक हुन सकेन ।

दोस्रो हाफको ९० औं मिनेटमा संकटाकै आशिष राईको पासमा ग्लोरीले अर्को गोल थपेर जीतलाई झनै सुनिश्चित बताए । खेलको ४१, ७३ र ८९औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न सकेन ।

संकटाको डिफेन्स कटाउन एपीएफलाई निकै सकस भएको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ बने । बिहीबारको अर्को सेमिफाइनल खेल नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच हुनेछ ।

प्रतिक्रिया