अफ्रिकन रुट्स एसोसिएसन पोखरामा जारी १९औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

अफ्रिकन रुट्स एसोसिएसन पोखरामा जारी १९औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ चैत्र २०७७
  • 5.4K
    Shares

अफ्रिकन रुट्स एसोसिएसन पोखरामा जारी १९औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसिएसन पोखरामा जारी १९औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो  ।

पोखरा रङ्गशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को गोल अन्तरले फ्रिकन रुट्स एसोसिएसन जित हासिल गरेको थियो।  हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अफिकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।शारीरिक रूपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै मच्छिन्द्रमाथि दबाब बनाइराख्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको २३ औँ मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएको अफ्रिकन रुट्स एशोसियसनलाई खेलको ८३ औँ मिनेटमा डिजोमोको क्रस पासमा एनजिमीले गोल गर्दै २–० गोलको अग्रतामा पु¥याएका थिए । दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालको गोलबाट अग्रता छोट्टाउन पुगेको थियो ।

बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्टाउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । प्रतियोगितामा सोमबार मनाङ मस्र्याङदीले संकटा विरुद्ध खेल्ने छ ।

प्रतिक्रिया