बचतकर्ताको बचत रकम लिएर बेपत्ता भएका ललितपुरको गुडविल सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ चितवनबाट पक्राउ

बचतकर्ताको बचत रकम लिएर बेपत्ता भएका ललितपुरको गुडविल सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ चितवनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०७७
  • 7.2K
    Shares

गुडविल बचत तथा ऋण सहकारी संस्था,janasanchar , goodwill

बचतकर्ताको बचत रकम लिएर बेपत्ता भएका ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ शनिबार चितवनबाट पक्राउ परेका छन्।

हरेक दिन दुई-तीन ठाउँ फेर्दै लुकिरहेको अवस्थामा  उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।  चितवनबाट पक्राउ परेका उनलाई ललितपुर ल्याइएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।

सहकारीको ६० करोड रुपियाँ चलाएका श्रेष्ठले रकम तिर्न नसकेपछि फागुन ९ गते संस्था बन्द गरी फरार भएका थिए । ७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम हिनामिना गरेपछि सर्वसाधारणको ८० करोड निक्षेप जोखिममा परेको छ।

सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढंगले रकम चलाएका कारण सहकारीमा समस्या आएको स्रोत बताउँछ। संस्थाले बिनाधितो करोडौं रकम ऋण दिएको पाइएको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर ऋण प्रवाह गरेको भेटिएको छ। यस संस्थाले हालै एकैचोटि दुई सय ६८ जना ऋणीको धितो लिलामी गर्ने सूचना प्रकाशन गरेको थियो।

यहाँबाट ठगिनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्यामप्रसाद मैनालीलगायत छन्। निक्षेपकर्ताको ५० करोड अपचलन भएको जनाइएको छ। सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेपकर्ताको निक्षेप डुबाइएको पीडितको गुनासो छ। हजार सदस्यमध्ये छ सय ७९ जना पीडित छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार