नुवाकोटे टाईगरले जिते, दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि (भिडियोसहित)

नुवाकोटे टाईगरले जिते, दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०७७
  • 5.5K
    Shares

नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आफ्ना प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाईगरले उपाधि जितेका हुन ।

उपाधिका साथ टाईगरले नगद एक लाख च्याम्पियन बेल्ट पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएको २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया