होली खेल्ने क्रममा भएको झडपमा एक बृद्धाको मृत्यु, छ जना घाइते, चार जना पक्राउ

होली खेल्ने क्रममा भएको झडपमा एक बृद्धाको मृत्यु, छ जना घाइते, चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ चैत्र २०७७
  • 8.4K
    Shares

janasanchar , झडप, jhadap

होली खेल्ने क्रममा झगडा हुँदा सोमबार साँझ बारामा एक वृद्धाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झगडा भै कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवीको मृत्यु भएको हो। ती वृद्धाको उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सोही घटनामा घाइते भएका ६ जनालाई उपचारको लागि एनएमसी वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

झगडा तथा कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका २३ वर्षीय ओमप्रकाश गुप्तासहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल वीरगञ्ज पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको मिश्रले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार