बिबाह गर्ने प्रलोभन देखाएर एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई स्याङ्जाबाट पक्राउ गरेको छ।
पक्राउ पर्ने अभियुक्त भारतको मोतिहारी चमारण स्टेसन घर भइ हाल चितवन ईच्छाकामना गाउँपालिका बस्ने २२ वर्षीय मुकेश चौधरी रहेका छन्। अभियुक्त चौधरीले ३५ वर्षीया एक महिलालाई विवाह गर्छु भनी प्रलोभन देखाएर स्याङ्जाको फेदिखोला गाउँपालिकामा ल्याइ जबरजस्ती करणी गरेको आरोप प्रहरीले लगाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अभियुक्त चौधरीले ३५ वर्षीया एक महिलालाई चैत ८ गते जबरजस्ती करणी गरेको उजुरी परेको थियो । चौधरीलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट ६ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।