एक महिनादेखि बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

एक महिनादेखि बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०७७
  • 10.2K
    Shares

गाडिएको अवस्थामा फेला परेको मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शब् , janasanchar

महोत्तरीमा बेपत्ता रहेका वृद्ध दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा बिहीवार फेला परेको छ । गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोरवा गाउँका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा बेपत्ता थिए ।

२ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए ।

महोत्तरी प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामबाबु यादव र उनका २ छोरा तथा १ भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

https://janasanchar.com/2021/03/105070/

प्रतिक्रिया
सम्बन्धित समाचार