बीरगन्जबाट अवैध हतियार सहित दुईजना पक्राउ

बीरगन्जबाट अवैध हतियार सहित दुईजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०७७
  • 5K
    Shares

janasanchar ,पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र साह, सनोज गुप्ता र

अवैध हतियार सहित प्रहरीले बीरगन्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. २४ सिर्सिया निवासी २७ वर्षीय छोरा दिपेन्द्र साह तथा सोही ठाउँ बस्ने २३ वर्षीय छोरा सनोज गुप्ता रहेका छन् ।

उनीहरुलाई प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध हतियार सहित वीरगन्ज महानगरपालिका वडा नं. १३ श्रीपुर हुलाकी रोडबाट गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुको साथबाट प्रहरीले गोली नभएको कटुवा पेस्तोल १ थान बरामद गरिएको बताइएको छ।  उनीहरु दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्तहरुबिरुद्ध प्रहरीले हातहतियार मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार