तनहुँको सिर्दीमा मोटरसाइकल दुर्घटना :चालकको मृत्यु, अर्का घाइते

तनहुँको सिर्दीमा मोटरसाइकल दुर्घटना :चालकको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० चैत्र २०७७
  • 8.3K
    Shares

तनहुँको व्यास नगरपालिका–५ सिर्दीस्थित पृथ्वी राजमार्गमा गए राती भएको मोटर साइजक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।

प्रहरीका अनुसार, पोखराबाट दमौली आउँदै गरेको ग८प ६६३९ नंको मोटरसाइकल साँझ ७ः३० बजे दुर्घटनाग्रस्त बनेको थियो। त्यस दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।  उनको दमौली अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बनेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४९ वर्षीय सुरेश सुवेदी को दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार