कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित बाराको सैलुनबाट एक जना पक्राउ परेका छन्।
बाराको जितपुरसिमरा उमनपा–७, शान्ति टोलस्थित बाटोछेऊमा रहेको गजेन्द्र ठाकुरको सैलुनबाट त्यसमा लाग्ने पेस्तोल र दुई राउण्ड गोलीसहित ती व्यक्ति पक्राउ परेका हुन्।
उक्त सैलुनमा शंकास्पद रुपमा बसिरहेका साबिक डाम्ही मडइ गाविस वडा–२ (हाल महोत्तरी गापा वडा–२) बस्ने वर्ष ४० का प्रमोदकुमार चौधरी भूमिहारलाई प्रहरीले त्यसमा लाग्नेपेस्तोल र गोली समेत पक्राउ गरेको बताइएको छ।
उनलाई इलाका प्रहरी कार्यालय सिमरा र जितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कटुवा पेस्तोल थान १, फिट हुने गोली २ राउण्ड र मोबाइल सेट २ थान फेला पारेको हो । ती सामान बरामद गरी चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।