पोखरा अन्तररास्ट्रिय विमानस्थल निर्माण करिब ७२ प्रतिशत पुरा : अन्तराष्ट्रिय हवाई उडान नै नहुने हो कि भन्ने सरोकारवालाहरुको चिन्ता

पोखरा अन्तररास्ट्रिय विमानस्थल निर्माण करिब ७२ प्रतिशत पुरा : अन्तराष्ट्रिय हवाई उडान नै नहुने हो कि भन्ने सरोकारवालाहरुको चिन्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ चैत्र २०७७
  • 18.1K
    Shares

पोखरा अन्तररास्ट्रिय विमानस्थल

पोखरामा अन्तररास्ट्रियसतारको विमानस्थल निर्माण कार्य करिब ७२ प्रतिशत सम्पन्न भैसकेको अवस्थामा त्यस विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि तत्काल पहल गर्नु पर्ने आबश्यकतालाई पोखराका सरोकारवालाहरुले औंल्याएका छन्।

पोखराको रेडियो अन्नपूर्णले आयोजना गरेको छलफल कार्यक्रममा विमानस्थल निर्माण भएसंगै त्यसलाई संचालनको लागि अन्तराष्ट्रिय हवाई उडान गर्न तत्काल प्हल गर्नु पर्ने आबश्यकतालाई पोखराका सरोकारवालाहरुले औंल्याएका छन्।

उनीहरुले पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै केही बाधा अड्चन आएकोले त्यसलाई सरोकार निकायले समयमै समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए।

पोखरा विमानस्थल कान्वयन इकाई परामर्श समितिका इन्जिनीयर याम बहादुर भण्डारीले हालसम्म पोखरा विमानस्थल निर्माणको कार्य अन्र्तगत भौतिक प्रगती ७२ प्रतिशत सम्पन्न भएको जानकारी दिए । तोकिएको समय सिमा भित्र उत्त योजनाको निर्माण कार्य सक्ने गरी हाल निर्माण कार्य भैरहेको जानकारी दिंदै इन्जिनियर भण्डारीले पोखरामा अन्तररास्ट्रियस्तरको बिमानस्थल संचालन गर्न पोखरामा ल्याण्ड फिल्ड साइडको व्यबस्थापन, इन्दन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई व्यबस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको बताए । उनका अनुसार, पोखरामा वाइडवडि (ठुलो जहाज) ल्याउनअन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक हुन्छ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले देश संघियताा गएसंगै अझै पनि केन्द्रिकृत सोचले गर्दा यसको मारमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पनि पर्न सक्ने आशंका व्यत्त गरे । विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनु पर्ने उनको भनाई थियो ।

पोखरा विमानस्थल निमार्ण भएसंगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दाबी गरे । एभरेष्ट क्षेत्र भन्दा पोखरा अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुदा पोखरा क्षेत्रमा अन्तराष्ट्रिय हवाई उडान भएसंगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दाबी गरे ।

८० प्रतिशत जसो नेपालमा विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउने हुदा हवाई उडानलाई नै बढी व्यबस्थित र विश्व बजारमा प्रचार प्रसार गर्नुपर्ने उनको भनाई थियो । उनले भने “सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दीनको हो, नेपालमा पर्यटकको बसाई अवधि १२ दिन मानिन्छ, सिंगापुरमा एक करोड पर्यंटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ । ”

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्वशंकर पालिखेले पोखरामा अन्तररास्ट्रिय स्तरको बिमानस्थल निर्माण सम्पन्न हुने लाग्दा त्यस बिमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्नेमा चिन्ता प्रकट गरे।

अबको १ सय १८ दिनमा पोखरा विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल निर्माण कार्य सम्पन्नता भएको हस्तान्तरण गर्ने दिन नजिकीदै गर्दा उत्त विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।

 

प्रतिक्रिया