प्रचण्डलाई बिप्लवको प्रश्न : प्रचण्डजी ! माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा अनियमितता भएको भनिएको १९ अर्ब रुपैयाँ खै ?

प्रचण्डलाई बिप्लवको प्रश्न : प्रचण्डजी ! माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा अनियमितता भएको भनिएको १९ अर्ब रुपैयाँ खै ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 9.8K
    Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द्र विप्लवले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा अनियमितता भएको भनिएको १९ अर्ब रुपैयाँ खोजी गरेका छन्।

सोमबार आफू नेतृत्व नेकपा निकट अनेमसंघ क्रान्तिकारीको सातौँ महाधिवेशनलाई सम्बोधनका क्रममा उनले आफ्नो संघर्ष भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै जनमुक्ति सेनाको शिविरमा भएको भनिएको १९ लाख अर्ब रुपियाँ  खै भनेर तात्कालिन सुप्रिम कमान्डर एबम पार्टी महासचिब प्रचण्डलाई प्रश्न सोधेका थिए।

तत्कालीन माओवादीका नेता समेत रहेका चन्दले २० हजार जनमुक्ति सेनाबाट प्रत्येक महिना पाँच हजार रुपैयाँका दरले क्रान्तिका लागि भनेर उठाइए पनि त्यसको हिसाबकिताब स्पष्ट नभएकोउनको दाबी थियो।  विप्लवले भने, ‘जनमुक्ति सेनाको पैसामा भ्रष्टाचार भएको छ। २० हजार जनाको हिनामिना भयो। हिजो एक जनाको पाँच हजार काटेर १९ अर्ब खायो भनेर अहिले पनि बाहिर चर्चा छ।’

महासचिव चन्दले अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको उल्लेख गर्दै प्रचण्ड र केपी ओलीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएको स्मरण गरे। ‘प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठको भ्रष्टाचारको आरोप लगाए। ओलीले म त के हुँ र सबै तिम्रो मान्छे हुन् भने। भ्रष्टाचारको अवस्था यस्तो छ’, चन्दले भने।

उनले आफ्नो पार्टीले भ्रष्टाचार विरुद्ध संघर्ष गर्दा प्रतिबन्ध लाग्दा पनि संघर्ष जारी राखेको दाबी गरे। चन्दले भने, ‘हामीमाथि प्रतिबन्ध लागेपछि गाउँमा गयौँ, रुखका बुटामा सुत्यौँ। भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ। अहिले हामी त्यही एजेण्डा बोकर शहर फर्कियौँ।’

उनले आफूहरु पूर्वप्रतिबद्धताबाट पछाडि नफर्किने बताए। ‘हामी त्यस्तै हुँदैनौँ। दश वर्षे लडाईंको प्रतिबद्धता, किसान मारिएको, सहिदका सपना पूरा गर्नुपर्छ, प्रतिबद्धता भुल्दैनौ,’ चन्दले भने।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले न्यायको लागि संघर्ष गर्न तयार हुने र संघर्षको सबैभन्दा ठूलो हतियार आन्दोलन भएको बताए । जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरूको चाहना र सपना पूरा नभएको र सहिद तथा बेपत्ता परिवारले न्याय नपाएको बताए ।

जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितीमा संकट देखिएको र जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेहरूले कहिल्यै जनताको समस्या समाधान नगर्ने बताए ।

उनले भने “हामीले भ्रष्टचारको, अन्याय–अत्याचारको, बलात्कारको, महंगीको, देशमा भैइरहेको तमाम समस्याहरूको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रतिबन्ध लगायो । हाम्रो लडाई कुनै प्रहरी, सेना, शसस्त्र संग थिएन, राज्यसत्ता संग थियो र फेरी आवश्यक परे यो दलाल राज्यसत्ताको विरुद्ध बन्दुक लिएर पनि हिँडुन तयार छौं । जनतालाई दुख दिने हाम्रो एक इन्च पनि मनाशय छैन । हाम्रो मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध थियो । राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो । त्यसको हामी प्रतिकार गर्यौ र गर्छौ । ”

उनले वर्तमान व्यवस्था असफल भएको र जनतालाई दलाल पुंजीवादी व्यवस्था की वैज्ञानिक व्यवस्था ठिक भनेर एकपटक जनतालाई जनमत संग्रह गर्न दिनुपर्ने बताए । जनताको न्याय र दमनको विरुद्ध आवाज उठाउँदा मृत्यु पनि सह्य र प्रिय हुने बताए । र एकिकृत जनक्रान्तिको कार्यदिशा नै सबैभन्दा सुन्दर बाटो भएको समेत बताए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आज १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरु भएको छ । कपिलवस्तुको शिवगढीमा र्यालीसहित सुरु भएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेका छन् ।

“महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ महिला जनसमुदायहरुको भव्य र्याली शिवगढी गाउँ परिक्रमा गरेको थियो ।

कार्यक्रममा पार्टीका महासचिव विप्लव, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत अन्य अतिथिहरुको सहभागिता रहेको छ र बोल्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया