प्रम ओलीद्वारा आफुलाई ‘सुरक्षा थ्रेट’ रहेको संकेत : कोबाट होला प्रम ओलीलाई सुरक्षा थ्रेट ? (भिडियोसहित)

प्रम ओलीद्वारा आफुलाई ‘सुरक्षा थ्रेट’ रहेको संकेत : कोबाट होला प्रम ओलीलाई सुरक्षा थ्रेट ? (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ फाल्गुन २०७७
  • 13K
    Shares

सत्तारुढ नेकपा गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आयोजित प्रशिक्षण कार्यक्रम

तीन तहको सुरक्षा घेरासहित कडा सुरक्षा घेरामा हिंड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सुरक्षा ‘थ्रेट’ चुनौती रहेको संकेत गरेका छन्।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने संकेत गर्दै सम्पूर्ण रुपले प्रहार भएको बताए । उनले अघि भने,” ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने आफु तयार रहेको दाबी गरे पनि आफूमाथि कोबाट आक्रमण हुन सक्ने हो भन्ने बारेमा स्पस्ट बताएनान् । तर उनले देश र जनताको पक्षमा आफुले काम गरेको देखेर देशी तथा बिदेशी शक्तिहरु आत्तिएको दाबी गरे।  तर उनले आफ्नो कामबाट आत्तिएका देशी तथा बिदेशी शक्ति को को हुन् भन्ने बारेमा केही बताएनन।

आफु र आफ्नो पार्टीलाई बदनमा गर्न र पदच्युत गर्न पार्टी छाडेर गएका प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल जस्ता नेताहरु लागि परेको टिप्पणी गर्दै प्रम ओलीले त्यसको ज्वलन्त उदाहरणको रुपमा पार्टीको स्थायी कमिटीम आफूविरुद्ध प्रस्तुत प्रस्तावलाई औंल्याएका थिए।  उनले प्रचण्ड, माधब नेपाल र झलनाथ खनाल आफ्नो पार्टीभित्रै रहे पनि उनीहरुले यसभन्दा अघि पनि आफुलाई अविस्वासको प्रस्ताब ल्याएर पदच्युत गरेको स्मरण गराए।

प्रम ओलीले पुष्पकमल दाहाल-माधब कुमार नेपाल समूहतिर संकेत गर्दै आफुले पार्टीको बैठक बोलाइदिने र त्यही बैठकमा आफूविरुद्ध बहुमत सिद्ध गरेर पदच्युत गर्न चुनौती दिए।  त्यति मात्र हैन, उनले सो समुहलाई आपराधिक समुहको संज्ञा दिदै त्यस समुहमा राजनीतिक चरित्र कुनै नरहेको आरोप लगाए।

बिगतमा पार्टी एकीकरण गर्ने नाममा आफुले पार्टीमा चारसय ४१ जनालाई केन्द्रीय सदस्य चयन गरेको दाबी गर्दै न्युक्ति गरेको आफुले पार्टी र संगठनको हित विपरीत काम गरेका लाई कारबाही गरेको बताए।

भेलामा केन्द्रीय सचिवालय सदस्य तथा नेपाल सरकारका मा. उपप्रधानमन्त्री क. ईश्वर पोख्रेल,सचिवालय सदस्य एवं मा. गृहमन्त्री रामबहादुर थापा ,पद्मा अर्याल लगायतका विशिष्ट अतिथिहरुले समसामयिक बिषयमा र मार्क्सबादी दर्शन सन्दर्भमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभयो।
पार्टी स्थायी समितिका सदस्य क. किरण गुरुङ्गको सभापतित्वमा भएको समारोहमा स्वागत पार्टी गण्डकी प्रदेशका नेता क. खगराज अधिकारीले गर्नुभएको कार्यक्रमको सन्चालन प्रदेश कमिटीका सचिव क. गोबिन्द नेपालीले गर्नुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री मा. पृथ्वीसुब्बा गुरुङ्ग सहितका नेताहरूको समेत विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया