अभिनेत्री सुष्मा कार्कीले आफूलाई हातपात गरेको भन्दै आरती खड्काविरुद्ध प्रहरीमा उजुरी दिइन्

अभिनेत्री सुष्मा कार्कीले आफूलाई हातपात गरेको भन्दै आरती खड्काविरुद्ध प्रहरीमा उजुरी दिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०७७
  • 12.2K
    Shares

अभिनेत्री सुष्मा कार्की

अभिनेत्री सुष्मा कार्कीले आफूलाई हातपात गरेको भन्दै आरती खड्काविरुद्ध काठमाण्डौस्थित महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् ।

सोमबार राति नै हातपात गरेको भन्दै कार्कीले निवेदन दिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । ‘उजुरीमा सामान्य हातपात भएको बताउदै डिएसपी पौडेलले यस बिषयम दुवै पक्षलाई बोलाएर छलफल गरिने बताए।

आफुसंग आफुलाई हातपात भएको भिडियो समेत रहेको दाबी गर्ने अभिनेत्री कार्कीले आफ्नो उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भएको उल्लेख गर्दै त्यही क्रममा दुई जना केटाहरुले अपशब्द प्रयोग गरेको र श्वेता खड्काकी बहिनी आरतीले पछाडिबाट कपाल लुछेको बताइन् । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले पनि आफूविरुद्ध अपशब्द प्रयोग गरेको अभिनेत्री कार्कीले आरोप लगाइन् ।

प्रतिक्रिया