पोखरामा भएको एक सडक दुर्घटनामा परेर आर्चरीका अन्तरराष्ट्रिय खेलाडी हिमप्रकाश पुनको निधन भएको छ ।
पोखराको याम्दीमा शनिबार भएको बा २ च ७४१० नम्बरको जीप दुर्घटनामा परेर उनको मृत्यु भएको हो। उनीसंगै सोही दुर्घटनामा परेर घाइते बनेका ५२ वर्षीय चित्र पुनको पनि उपचारका क्रममा निधन भएको थियो भने अन्य सात जना घाइते भएका थिए।
म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका ० वर्षिय पुन पोखरा रामबजार बस्दै आएका थिए। उनले २००८ मा भारतको जम्सेरपुरमा आयोजित दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए भने २०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रतिनिधित्व गरेका थिए ।
पोखरामै आयोजित दोस्रो राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा समेत उनी पदक विजेता खेलाडी रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
अध्यक्ष शेरचनका अनुसार पुन अन्नपूर्ण आर्चरी क्लबका सक्रिय सदस्य समेत थिए । एक छोरा र श्रीमती छन् । छोरा अष्ट्रेलिया छन् । संघका अनुसार पुनको पार्थिक शरीरको सोमबार अन्त्येष्टि गरिने छ ।