बैधानिक रुपमा पार्टी विभाजन नभएको भए पनि ब्यबहारिक रुपमा पार्टी विभाजित भैसकेको बताएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइड कार्यक्रमलाई सोमबार रातॆ अन्तरवार्ता दिंदै दाहालले त्यस्तो कुरा बताएका हुन्।
अन्तर्वार्ताका क्रममा उनले अब पार्टी एकीकृत सम्भावना नरहेको पनि स्पस्ट पारेका छन्। नेपाल भ्रमणमा रहेको चिनियाँ उपविदेशमन्त्रीको टोलीले पार्टी एकीकृत राख्न दिएको दबाबका बारेमा सोधिएको प्रश्नमा उनले चिनियाँ टोलीले पार्टी एकीकृत राख्न आफुलाई दबाब नदिएको प्रस्ट पारेका छन्।
अर्को एक फरक प्रसंगमा उनले आफुलाई चीनको भन्दा पनि भारत वा युरोपियन मुलुक वा अमेरिकाको अलिक बढी आशा वा बिश्वास रहेको उल्लेख गरेका छन्।
अन्तर्वार्ताका क्रममा दाहालले प्रधानमन्त्री ओलीको समुहलाई आफुहरुले जितिसकेको दाबी गरिरहदा यदि मध्यावधि चुनाब भै हाले नेपाली कांग्रेस देशको ठुलो पार्टी हुने तथ्य स्वीकारेका छन्। उनले मध्यावधि चुनाब भए पहिलो र ठुलो पार्टी नेपाली कांग्रेस भए पनि त्यही पार्टी बराबरको हैसियत आफुहरुको पार्टीको हुने पनि उनले अन्तर्वार्ताका क्रममा जिकिर गरेका छन्।