मेस्सीले बनाए, एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी

मेस्सीले बनाए, एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ पुष २०७७
  • 5.1K
    Shares

एउटै क्लबबाट सर्वाधिक गोल कर्ताको रेकर्ड कायम गर्ने मेस्सी र पेले

लियोनेल मेस्सीले एउटै क्लबका लागि बिस्वबिख्यात खेलाडी पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि गरेको बराबरी गोल नै उनको करियरको लागि बिस्वबिख्यात खेलाडी पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसंग बराबरी गर्ने मौका मिल्यो। बिश्वबिख्यात खेलाडी पेलेले आफ्नो करियरमा एउटा क्लबबाट छसय ४३ गोल गरे जस्तै मेस्सीले पनि बार्सिलोनाका लागि आफ्नो करियरको छसय ४३ औँ गोल गरेका थिए।

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गर्न सफल भएका थिए । पेलेले आफ्नो करियरमा १ हजारभन्दा बढी गोल गरेको मानिन्छ ।

निउवेल्स ओल्ड बोइजबाट स्पेन आएयता मेस्सीले आफ्नो पूरै करियर बार्सिलोनामा बिताएका छन् । सन् २००४ मा फ्रांक रायकार्डले डेब्यु दिए यता मेस्सीले कयौँ कीर्तिमान भंग गरिसकेका छन् भने वार्सिलोनाका लागि १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् । उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन् ।

प्रतिक्रिया