घुमन्ते पत्रकार पुनको नियात्रा संग्रह ‘साइनो’ आज बिमोचन हुँदै

घुमन्ते पत्रकार पुनको नियात्रा संग्रह ‘साइनो’ आज बिमोचन हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०७७
  • 6.7K
    Shares

ग्रामिण क्षेत्रको स्वागत ग्रहण गर्दै पत्रकार तिलक पुन 'पुर्जा'

पोखरामा घुमन्ते पत्रकारको पहिचान बनाएका पत्रकार तिलक प्रसाद पुन “पुर्जा’द्वारा लिखित नियात्रा संग्रह “साइनो” को आज पोखरामा बिमोचन हुने भएको छ।

उक्त नियात्रा संग्रहको एक समारोहका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले आज नेपाल मगर संघ कास्कीको हलमा बिमोचन गर्ने भएका छन्।

यस अघि दुइ कृति प्रकाशित गरिसकेका लेखक एबम पत्रकार पुनले आफ्नो ५७ औ बर्ष प्रवेश को अवसर पारेर सो पुस्तक प्रकाशन गरी सावजनिक गर्न लागेका हुन् ।

प्रकृति मानव केन्द्रित जन अभियान ,कास्कीका अध्यक्ष समेत रहेका पुनको नियात्रा संग्रह बिमोचन कार्यक्रम सफल पार्न अभियानका उपाध्यक्ष शिवराज बस्ताकोटि को सन्योजकत्वमा एक समिति बनेको छ।

त्यस नियात्रामा पत्रकार एबम लेखक पुनले नेपालका गाउँ, घर टोल-टोलमा पुगेर त्यहाँ रहेका संस्कृति परम्पराका बारेमा गरेका अध्ययन र आफुले त्यस क्रममा गरेका अनुभूतिहरुलाई समेटेका छन्।

आज बिमोचन हुँदै गरेको नियात्रा संग्रह

यसैबीच प्राप्त जानकारी अनुसार, प्रकृति मानव केन्द्रित जन अभियान ,कास्कीको हालै बसेको बैठकले अभियानको जिल्ला समितिमा ११ जनालाई थप गरेको छ भने थप गरिएका मध्येबाट साहित्यकार तथा कबि भीम रानाभाट लाई सह -सचिब को जिम्मेवारी तोकेको छ।

त्यस बैठकले कृषि अभियन्ता कबहादुर पुन (टुसे ,माछापुच्छ्रे), पूर्ब जनप्रतिनिधि बल बहादुर थापामगर (लुम्रे ,माछापुच्छ्रे), समाजसेवी टङ्क भण्डारी, .पत्रकार ओम हमाल, पथ प्रदर्शक दुबनाथ न्यौपाने, कबियत्री तथा सन्चारकर्मी लक्ष्मी थापा, सन्चार उधमी तथा पत्रकार तीर्थ के .सी ., लोक गायिका सरिता सारुमगर, .समाजसेवी राजेन्द्र साइ र .पत्रकार पदम श्रेष्ठलाई अभियानको जिल्ला सदस्यमा चयन गरेको अध्यक्ष पुनले जानकारी दिएका छन्।

प्रतिक्रिया