नेपाली संचार माध्यममा प्रखर वक्ता रमेश प्रसाईं तथा नायिका स्वेता खड्काको बिबाहको समाचारले प्रमुखता पाइरहेकै दिन आज गृहमन्त्री राम बहादुर थापा ‘बादल’को छोराको बिबाह आजै पोखरामा सट्याकसुटुक रुपमा सम्पन्न भएको छ।
गृहमन्त्री थापाका छोरा प्रतिक थापाको आज पोखरा घर भएकी डा. जुना पुनसंग बिबाह सम्पन्न भएको छ। उनीहरुको बिबाह सम्पन्न भएको फोटो गृहमन्त्री थापाका सल्लाहकार सुर्य सुबेदी ‘पथिक’ले आजै आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेका छन्। सार्वजनिक फोटोमा गृहमन्त्री थापा पनि कुर्चीमा बसेको देखिएको छ।
समाचार स्रोतले दिएको जानकारी अनुसार, छोरा प्रतीकको बिबाहमा सहभागी हुन् आएका गृहमन्त्री थापाको परिवार पोखराको बिरौटास्थित ग्राण्ड होटलमा बसेका थिए भने बुद्धचोकस्थित इन्द्रज्योति मार्गमा रहेको दुलही पक्षको घरमा बिबाह कार्यक्रम सम्पन्न भएको थियो। प्रितिभोज भने बुद्धचोकमा रहेको कान्तिपुर पार्टी पार्टी प्यालेसमा भएको थियो।
गृहमन्त्री थापा नयाँ बुहारी जनालाई लिएर बुद्ध एयरमार्फत आजै काठमाण्डौ फर्किएका छन्।