जिल्ला प्रशासन कार्यालय तनहुँले सदरमुकाम नजिकै रहेको तालाघरे क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सत्तारुढ नेकपाका कार्यकर्ता र प्रमुख परतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुने सम्भावना देखेपछी जिल्ला प्रशासन कार्यालय तनहुँले ताल्घरे क्षेत्रमा साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यास नगरपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न भएको मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रमलाई बिथोल्ने गरी सत्तारुढ नेकपाको भात्री संगठन युवा संघका कार्यकर्ताहरुले नाराबाजी गर्नुका साथै प्रदर्शन गरेका थिए। प्रदर्शंनकाबिच झडप हुन् सक्ने देखेपछि प्रहरीले युवा संघ नेपाल तनहुँका संयोजक इश्वर बस्याल, बादल आले, ज्ञानेन्द्र बसौला, सुर्यबहादुर केसी र कृष्ण भट्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।