साउथ सुपरस्टार चियान विक्रमको घरलाई बम हानेर उठाईदिने धम्की

साउथ सुपरस्टार चियान विक्रमको घरलाई बम हानेर उठाईदिने धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०७७
  • 7.4K
    Shares

चियान विक्रम

भारतीय सिने जगतको साउथ सुपरस्टार चियान विक्रमको घरलाई सोमबार एक ब्यक्तिले फोन गरी बम हानेर उठाईदिने धम्की दिएको छ।

चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका साउथ सुपरस्टार चियान विक्रमको घरलाई विल्लुपुरम नामका एक ब्यक्तिले बम हानि उडाई दिने धम्की दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार, आफ्नो घरलाई बमले उडाइदिने धम्की पाउनासाथ विक्रमले प्रहरीलाई खबर गरेका थिए र कुकुर तथा बम डिस्पोजल टोलीसहित पुगेको प्रहरी टोलीले उनको घरलाई घेरा हाली खानतलाशी समेत लिएको थियो।

धम्की दिने व्यक्तिको खोजी भैरहेको भए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ।

यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया