घार्मीखोला अर्मलाकोट आंटीघर मौजा सडकमा अनुसन्धान गर्न पुगेको अख्तियार टोली अलमलिएर फर्कियो, गुणस्तरहीन काम भन्दै सात करोडको काम रोक्न निर्देशन (भिडियोसहित)

घार्मीखोला अर्मलाकोट आंटीघर मौजा सडकमा अनुसन्धान गर्न पुगेको अख्तियार टोली अलमलिएर फर्कियो, गुणस्तरहीन काम भन्दै सात करोडको काम रोक्न निर्देशन (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०७७
  • 29.4K
    Shares

एक वर्ष अघि भएको योजनाको अनुसन्धान गर्न पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मला पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको अनुसन्धान टोली एउटैँ बाटोमा थप दुई योजना चालु देखेपछि अल्मलिएर फर्किएको छ भने करीब सात करोड रुपियाँ लागतमा निर्माणाधीन एक योजनामा गुणस्तरहीन काम भएको पाएपछि काम रोक्न निर्देशन दिएको छ।

यतिबेला पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित घार्मीखोला अर्मलाकोट आंटीघर मौजा सडकमा दुई वटा योजना चालु छन्। एउटा संघीय सासद बिद्यादेबी भट्टराईको कोषबाट छुट्टाइएको दुई करोड लागतको करीब आठसय मिटर लामो कालोपत्रे सहितको काम चलिरहेको छ भने अर्को गत असार मसान्तमै सकिनुपर्ने सात करोड बजेटको पलम कंक्रिट पर्खाल, विभिन्न ठाउँमा ढलान निर्माण लगायतका कामहरु गर्नुपर्ने जो अहिले पनि चालु छ।

तर अख्तियारको टोली ती दुई योजनाका बारेमा अनुसन्धान गर्न भनेर गएको थिएन। अघिल्लो आर्थिक वर्षमा ९७ लाख रुपियाँको लागतमा त्यही बाटोमा निर्माण सम्पन्न भएको भनिएको योजनाको बारेमा अनुसन्धान गर्न पुगेको अख्तियार टोलीले त्यतिबेला निर्माण सम्पन्न भएको भनिएका कतिपय संरचना त फेलाई पारेन, कतिपय संरचाना भत्काएर अहिले नयाँ योजना संचालन भैरहेको देख्यो। अख्तियारको टोलीलाई सम्पन्न योजनाका बारेमा जानकारी दिन पोखरा महानगरपालिका कार्यालयबाट खटिएका इन्जिनियर नेत्र तिमिल्सेना पनि त्यति बेला निर्माण सम्पन्न भएका भौतिक संरचना देखाउनमा अलमलमा परे।

इञ्जिनियर तिमिल्सेनाको अलमलाइले योजना अनुगमन उचित रुपमा हुन नसकेको र अन्तिम मुल्यांकन समेत सही तरीकाले नभएको अनुभूति गरेको अख्तियारको टोलीले त्यति बेला बनेका संरचनाको गुणस्तरका बारेमा प्रश्न उठाएको त थियो नै, झन्डै १७ लाख रुपियाँको शर्टिंगको काम भएको भनेर काम सम्पन्न प्रतिबेदन देखाउंदै करीब आठ लाख रुपियाँको काम भयो भन्दै इन्जिनियर तिमिल्सेनालाईअसोधेको थियो। इन्जिनियर तिमिल्सेनाले त्यो काम हुन् बाँकी रहेको भनेर जवाफ दिइरहदा त्यही कामलाई सडक विभागले ठेक्कामा काम गराई रहेको थियो। त्यति मात्र हैन त्यति बेला आठ मिटर चाक्लो बनाएर पोखरा महानगरपालिकाले निर्माण गरेको करीब दुईसय मिटर नाली भत्काएर फेरी सदाका विभागले १० मिटर चाक्लो नाली सहितको पिच बाटो बनाउदै छ।

९७ लाखको गत वर्ष सम्पन्न कामको अनुसन्धान गर्न गएको अख्तियारको टोलीले सात करोडको चालु योजनामा गुणस्तरहीन काम हुनुकासाथै गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको भेट्टाए पछि तत्काल काम रोक्न निर्देशन दिएको थियो। चालु अर्को दुई करोडको योजनामा भने अख्तियारले ठुला ढुंगा प्रयोग नगर्न सुझाब दिएको थियो।

तीन वटा योजनामा झन्डै १० करोड रुपियाँ खर्च हुँदा पनि बाटोको अवस्था दयनीय देखेको अख्तियारको टोलीले हाल चालु रहेका दुई योजनाका बारेमा थप सुचना र जानकारी लिएर फेरी तिन वटै योजनाको बारेमा अनुगमन तथा अनुसन्धान गर्ने जानकारी दिएर फर्किएको थियो।

अख्तियारको तोलीसंगे स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानिय जनताको समेत उल्लेख्य सहभागिता थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार