नेपालमा भुकम्प गएको झण्डै वर्ष दिन पुगीसकेको छ । पर्वतमा पनि १३ सय घरधुरी पुर्ण क्षतीको रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पिडीतलाई तत्काल राहत सुविधा दिलाउन र वसोवासको व्यवस्थापन गर्न कार्यलयले ७ महिना पहिला गाविस सचिव मार्फत राहत वितरण गर्न थालेको हो । तर वितरण प्रकृया र वास्तवीक पिडीतको पहीचानमा कार्यलय चासो नदेखाउँदा राहत रकमको दुरुपयोग हुँदै आएको छ । पर्वतमा वास्तविक पिडीतको पहिचान नै नगरी दलिय भागवण्डामा रकम वितरण हुन थालेका प्रमाणहरु फेला परेका छन् । वैशाख १२ र २९ गते आएको महाविनासकारी भुकम्पबाट घरवार गुमाएका पर्वतका पिडीतहरुले अझै राहत पाउन सकेका छैनन ।
सरकारले तत्काल वितरण गराउने भनिएको राहत भुकम्प आएको वर्ष दिन पुग्दा समेत आफुहरुले पाउन नसकेको पिडीतहरुले बताएका छन् । जिल्लाको देउराली गाविस र शंकरपोखरी गाविसमा भुकम्पको राहतमा स्थानीय राजनिती दलहरुले हालीमुहाली बढेपछि पिडतहरुले राहत पाउन नसकेका हुन । दलहरुकै कारण वास्तवीक पिडीतको समस्या समाधान नभएको गाविसवासीले बताएका छन् ।
देउराली गाविसमा एउटै घरका नामा दुइ जनाले राहत सुविधा लिएको प्रमाण फेला परेको छ । देउराली गाविस ७ का प्रमानन्द चापागाईका वावु छोराले एउटै घरको कागजात मिलाएर छुटटा छुटटै राहत सुविधा लिएको स्थानीय खेम शर्माले आरोप छ । छोरा गुरदत्त शर्मा र प्रमाहनन्द चापागाईले यस्तो सुविधा लिएकोमा स्थानीयहरुले बिरोध गर्दै आएका छन् ।
वास्तवीक पिडीतको पहिचान नै नगरी वडा नागरीक मञ्चका पदाधिकारीहरु र गाविस सचिवको मिलेमोतोमा पिडीत नाममा आएको राहत वितरण भएको शर्माको आरोप छ । १८ घरधुरी पुर्ण क्षती भएको देउराली गाविसमा ९६ घरधुरीमा आँशिंक क्षती पुगेको गाविसको तथ्याङ्क छ । गाविसका अुनसार एउटै घरमा छुटीएर बसेका वसेका वावु छोरा भएका कारण निर्देशीका भन्दा पनि व्यवहारीकता हेरेर वितरण गर्दा यस्तो हुन पुगेको हो । गाविस सचिव चित्रबहादुर महतराले लाजपुर्जा भन्दा पनि वावुछोरा छुटिएको वर्षौ भएका कारण छुटटा छुटटै राहत वितरण गरीएको बताए । निर्देशीकामा व्यवहारीकता नहेरेका कारण पिडीतको समस्या हेरेर रात बाँडीएको महतराको भनाई छ ।
त्यसैगरी कुश्मा नगरपालीकाका केही वार्डमा पनि दलिय भागबन्डाकै कारण बासतविक पिडितहरुले राहत पाउन सकेका छैनन् । कुश्मा १७ शेराका आनन्द पौडेलको २ बर्ष अगाडी बनाएको घर पुर्ण रुपमा ध्वस्त हुँदा समेत उनी कुनै दलको नभएको कारण राहत पाउन सकेनन् । जिल्ला प्रशासन कार्यलय पर्वतबाट गत असोजको पहीलो साता पिडीतलाई तत्काल राहत पु¥याउने उद्धेश्यले जिल्ला भरका सचिवहरुलाई राहत रकम वितरण गर्न निर्देशन दिएको थियो । वितरण प्रकृयाको बारेमा भने प्रशासनले अहिले सम्म कुनै जानकारी बाहीर ल्याएको छैन । रकम वितरण प्रशासनले देखाएको उदाशिन्ताको मौका छोपी दलहरुले पिडीतको रकममा हालुमुहाली गरेको गाविसवासीहरुले गुनासो रहेको छ ।
पुर्ण क्षतीलाई तात्काल १५ हजार आँशिक क्षतीलाई तीन हजारका दरले वितरण गर्ने भनिएको रकममा दल र वडा नागरीक मञ्चका पदाधिकारीहरुले आँफुुखुसी वितरण गरेको भुकम्प पिडीतहरुले बताएका हुन । सचिवहरुलाई रकम थमाएको प्रशासनले यस्ता विषयमा निग्रानी बढाउन अझै सकेको छैन । न त राहत वितरण प्रकृयाको वारेमा प्रकासमा ल्याउन सकेको हो । नियमन गर्ने निकायको मौनता हेरेर स्थानीय सचिव कार्यक्रताहरुले रकमको दुरुपयोग गर्दै आएको सरोकारवालाहरुले बताएका छन् ।