भारतीय एयरफोर्समा, रअ प्रमुख गोयल नेपालमा, केपी ओलिको सरकार मार्फत नेपालमा नयाँ राजनीतिक बिग्रहको डिजाइन बनेको संकेत – हेम बहादुर खड्का , मिति २०७७ कार्तिक ५ ।
भारतिय एयरफोर्स बिमान काठमाडौमा झर्यो , भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र साथमा गुप्तचरकै अधिकारी अरुण जैन गरि ९ जनाको गुप्तचर टोलि काठमाडौमा छ,
प्रधानमन्त्री केपि ओलिले पाठ्यक्रममा नेपालको राजनीतिक नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा छाप्ने कुरा सिधै हस्तक्षेप गरि रोक लगाएका थिए,
रअका एजेण्ट केपिको यो कदमले रअ खुशी नभएपछि अतालिएका ओलि, जनयुद्धकाल देखीनै राम्रो सम्बन्ध बनाएका गोयल र जैनले प्रचण्डसङ्गको भेटवार्ता कस्तो होला भन्नेमा पक्कै सोचेको हुनपर्छ,
यतिबेला मुलुकमा कम्युनिस्ट पार्टीको सत्ता छ, झापामा टाउको काट्ने केपि ओलि र ५२ सालमा सशस्त्र बिद्रोह सुरु गरेर १७ हजार बढीको बलिदान भएको आन्दोलनको नेतृत्व बीच शक्ति आर्जन गर्ने र अर्काको हातमा पुगिसकेको कम्युनिस्ट आन्दोलन, सडेका कुहिएका व्यक्ति र समुहको झुंड लिएर नेकपा निर्माणको घोषणा गरेका थिए,
यो बिचमा जनताको जनवादलाई जबजको नै नाम परिवर्तन गरिएको कार्यदिशाका रुपमा प्रचण्डले स्विकार्दै पटकपटक केपिहरु सङ्ग पद मागेर नै बसेको नाङ्गो आँखा ले नै देखियो,
विकल्पको व्यवस्था गणतन्त्र मुलुकको शासन चलाउन शान्ति सम्झौता मार्फत दलाल पुजीवादी संसदीय व्यवस्थालाई जनवादी व्यवस्थामा रुपान्तरण गर्न भनेर नेताकार्यकर्ता बोकेर गएका प्रचण्ड उतै आफैं दलाल संसदीय व्यवस्थाका संरक्षक भएर रुपान्तरण भए,
अब पुर्वप्रधानमन्त्रीहरु र शिर्ष नेताहरु सङ्ग भेटघाट गर्ने तय रअ ले गरेको छ,
४ पटक सम्मको प्रधानमन्त्री मोदिको नेपाल भ्रमणले दिएको राजनीतिक उचाई अब फेरि गिरेर जासुसी र कर्मचारी तहमा पुगेको छ,
मोदि कै भ्रमण र हाम्रो जमिन लिपुलेक कालापानी र लिम्पियाधुरा फिर्ता गरि भोगचलन गर्ने वातावरण तय हुने अपेक्षा गरेका नेपालीहरुको मन कुडिनु अस्वभाविक छैन, यो कुरा मोदिले पनि सुझबुझ गरेकै होलान्,
तर अचम्म मान्नुपर्ने कुरा के छ भने , जासुसी तहमा झरेको यो सम्बन्धले “साथी फेर्न सकिन्छ , छिमेकी फेर्न सकिन्न” भन्नेकुरालाई पेचिलो र नयाँखाले `कन्स्पिरेसी थ्योरी´ जन्मिने होकि भन्नेमा आशन्का उब्जेको छ, यसले हाम्रो आन्तरिक मामिला अझै अल्झनमा पर्ने स्पष्ट देखिन्छ,
सिआईए र रअ मिलेर दरवार हत्याकाण्ड गराएको आरोप खेपेको रअ को नेपाल हेर्ने दृस्ठि राम्रो देखिदैन उसले यसको गुण तिर्न कतै राजा सङ्ग साट्काठ त गर्दै छैन भन्ने एउटा जिज्ञासा त उत्पन्न हुने नै भयो अर्को भने नेपालमा रास्ट्रवादको खोक्रो बकबास गर्नेहरुलाई नेपालको आन्तरिक मामिलामा रअ को हस्तक्षेप हुदा अझ प्रोटोकल समेत ख्याल नगरी उनिहरुको देवत्व ग्रहण गर्नुले स्वाभिमानी नेपालीहरुको शिर निहुरिएको छ,
यश बिचमा साना ठुला राजनीतिक दलका जम्मा ३ लाख बढीले रअको तलब भत्ता बुझ्दै आएको कुरा सार्वजनिक नै छ,
केपि ओलि , प्रचण्ड , बाबुराम , शेर ब. मात्रै हैन हामीले आशा गरेका , गगन थापा , बिश्वप्रकाश , योगेश्वर , घनश्याम , शक्ति , बर्समान सहित मात्रीका, उपेन्द्र, राजकिशोर यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी र अनिल झा उनिहरुको उदेकलाग्दो भ्रमणको उदेश्य बारे केही बोल्दैन किनकि उनिहरु नै यो सङ्गठनका प्रीय व्यक्तित्वहरु हुन ,
र’अ प्रमुख समन्तकुमार गोयल, आइबी प्रमुख अरविन्द कुमारलगायत गुप्चतर प्रमुखहरू सुरूमा सोल्टी होटलमा बसेको, तर ‘एक्स्पोज’ भएपछि द्वारिकाज, भिभान्ता र मेरियट होटलमा पुगेका खबर यसअघि नै सार्वजनिक भएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच दिनअघि (असार १९) गते चीनसँगको विवादित सीमाक्षेत्र लद्दाख पुगेका थिए। मोदीको लद्दाख यात्रामा भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावतलगायत सहभागी थिए। मोदी लद्दाख पुगेको भोलिपल्ट (शनिबार) बेलुकी नै भारतीय गुप्तचर निकायका प्रमुखहरू नेपालतर्फ लागेका थिए।
यो सिङ्गो समुहको आगमन र प्रतिपक्षी र सत्ता पक्ष सहितका नेताकार्यकर्ता भेटघाट को तालिकाले केपी ओलिको सरकार मार्फत नयाँ राजनीतिक बिग्रहको डिजाइन सत्ता माध्यम बाट नेपालमा हुने संकेत मिलेको छ !