ट्रम्पले सम्पूर्ण महिलासँग माफी मागे

ट्रम्पले सम्पूर्ण महिलासँग माफी मागे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ असोज २०७३
  • 14.4K
    Shares

डोनाल्ड ट्रम्प

अमेरिक राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले सम्पूर्ण महिलासँग माफी मागेका छन् । ट्रम्पले महिलाको बारेमा आफूले गरेको टिप्पणी अश्लिल भएकोप्रति माफी मागेका हुन् । ट्रम्पले महिलाका विषयमा अश्लिल अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।

महिलामाथि अपमान गरेको भन्दै राष्ट्रपति पदका उम्मेदवार ट्रम्पको विश्वभरमै विरोध भएपछि उनले सम्पूर्ण महिलासँग माफी मागेका हुन् ।

ट्रम्पले पुरानो एक भिडियोमा स्टार अर्थात् शक्तिशाली व्यक्ति भएमा महिलासँग जे पनि गर्न सक्ने बताएका थिए । उक्त भिडियोमा व्यक्त गरेका भनाइलाई लिएर अहिले टिकाटिप्पणी सुरु भएपछि ट्रम्पले माफी मागेका हुन् ।

भिडियोकै कारण राष्ट्रपति उम्मेदवार ट्रम्पमाथि चुनावमा समस्या पर्ने देखिएको समेत विश्लेषण सुरु भएको छ । ट्रम्पको अभिव्यक्तिप्रति रिपब्लिकन पार्टीका महिला र पुरुषले समेत चर्को विरोध जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार