भारत पाकिस्तान बिच तनाब बढीरहेका बेला फेरी भारतिय क्याम्प कास्मिरमा आक्रमण भएको छ । काश्मिरको उरी आक्रमणपछि भारत र पाकिस्तानबीच विवाद चर्किरहेका बेला फेरि एकपटक कश्मिरको श्रीनगरमा सशस्त्र सीमा बलको क्याम्पमा आक्रमण भएको छ ।
आक्रमण कसले गरेको हो भन्ने पुष्टि नभएको र घटनाको क्षति विवरण आउन बाँकी छ । आक्रमणपछि भारतीय सेनाले आक्रमणकारीको खोजविन सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको पठानकोटस्थित सेनाको पश्चिम कमाण्ड एयरफोर्सको बेसमा गत १८ पुसमा १८ मा भएको आतंककारी हमलालाई लिएर भारत र पाकिस्तानबीच तनाब उत्पन्न भएको थियो । सो घटनामा दुई भारतीय सैनिक र चार आक्रमणकारी मारिएका थिए । सो घटनाको संयुक्त छानविन गर्ने सहमति भए पनि कार्यान्वयन भएन । त्यस्तै, २ असोजमा भारत प्रशासित काश्मिरको उरीमा भएको अर्को आतंककारी हमलामा १८ भारतीय सैनिकको ज्यान गएको थियो ।
त्यसपछि भारत पाकिस्तानबीच तनाव थप बढेको छ ।