अखिल नेपाल स्वोतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) तनहुले शुक्ला गण्डकी नगरपालिका स्थित दुलेगौडामा प्रथम छात्रा जिल्ला भेला गरि १९ सदस्यीय समिति चयन गरेको छ ।
गण्डक ब्युरो इन्चार्ज आस्थाको प्रमुख आतिथ्यामा सम्पन्न सो भेलामा जिल्लाका बिभिन्न विद्यालयहरुबाट छात्राहरुको उल्लासमय उपस्थिति रहेको अनेरास्वोबियु (क्रान्तिकारी) तनहुकी जिल्ला अध्यक्ष ममता रुचालले जनसंचार मिडियालाई बताएकी छिन ।
छात्रा एजिना महतको नेतृत्वमा स्थापना भएको जिल्ला भरिको छात्राहरुको सो समितिलाई शुभकामना एबम बधाई दिन नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो इन्चार्ज आस्था , अनेरास्वोबियु (क्रान्तिकारी) केन्द्रिय सदस्य डम्बर बि क , अनेरास्वोबियु (क्रान्तिकारी) गण्डक ब्युरो संयोजक मिलन राइ , अनेरास्वोबियु (क्रान्तिकारी) तनहु जिल्ला अध्यक्ष ममता रुचाल , अनेरास्वोबियु (क्रान्तिकारी) कास्की कोषअध्यक्ष निरुता बि क , पार्टीका जिल्ला इन्चार्ज पुर्नाजितपुन , जिल्ला सेक्रेटरी सुजन , सदस्य विलास लगाएतका नेता तथा बिद्यार्थीहरुको उपस्थिति थियो ।
शुभकामना दिने सन्दर्भमा समाजले महिलाप्रति राख्ने दृस्टी कोण, यसैको आधारमा अभिभाबकले आफ्ना छोरीप्रति राख्ने अभिलाषाहरुलाई एउटा सजग छात्राले कसरि जिम्मेवारपुर्ण तबरले निभाउने भन्ने बिषयमा जिल्ला इञ्चार्ज पुर्नाजित पुनले भेलाका छात्राहरुलाई सुझाएका थिए ।
प्रमुख अतिथि ब्युरो इन्चार्ज आस्थाले क्रान्तिमा महिलाको महत्व एबम युद्दकालमा महिलाहरुले निभाएको भूमिकाबारे बोलेकी थिइन् । बोल्नेक्रममा उनले अहिलेको प्राविधिक युगमा छात्राहरुलाई यो युगको दुरुपयोग नभई सदुपयोग गर्न सचेत गरेकी थिइन् । उमेरको हिसाबले पनि बिबाहको उमेर भएकाले यतिबेला समाज परिवार र आफैबाट पनि निम्तिन सक्ने विभिन्नखाले जटिलताहरुमा नफस्न छात्राहरुलाई उनको आग्राह थियो ।