नेपाली कामदारबाट रकम असुल्ने कम्पनीबाट घुस लिएको आरोपमा मलेसियाका पूर्व गृहमन्त्री पक्राउ

नेपाली कामदारबाट रकम असुल्ने कम्पनीबाट घुस लिएको आरोपमा मलेसियाका पूर्व गृहमन्त्री पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ कार्तिक २०७५
  • 98.4K
    Shares

अहमद जाहिद हमिदी

मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले त्यहाँका पुर्व उपप्रधान एवम गृहमन्त्री अहमद जाहिद हमिदीमाथि भ्रष्टाचार आरोपमा कारबाही थालेको छ।

मे २०१३ देखि मे २०१८ सम्म गृहमन्त्री र जुलाई २०१५ देखि २०१८ सम्म उपप्रधानमन्त्री रहंदा पदको दुरुपयोग गरि करोडौं सम्पति आर्जन गरेको आरोपमा हमिदीबिरुद्द बिभिन्न ८ मुद्दा दायर गरिएको छ। हमिदिबिरुद्द ४५ भ्रष्टाचार, कालोधन आर्जन, आपराधिक क्रियाकलापमा सामेल, गृहमन्त्री पदको दुरुपयोग लगायतका गरि बिभिन्न ८ आरोप लागेको छ।

बिभिन्न समयमा बिभिन्न शिर्षकमा उनले ६० करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबर २१ करोड १२ लाख मलेसियन रिंगेट भ्रष्टाचार गरेको आरोपमा हमिदीलाई पक्राउ गरिएको हो। हमिदीलाई अदालतमा उपस्थित गराएर थप सोधपुछ गरिरहेको छ।

पुर्व उपप्रधानमन्त्री रहंदा निजि कम्पनीलाई बिभिन्न परियोजना दिएर त्यसबाट हमिदीले २१ करोड २५ लाख मलेसियन रिंगेट घुस लिएको आरोप छ। हमिदीले घुस लिएका परियोजनाहरुमा मेरी इजी सर्विस, मलेसियाको राहदानी र मलेसियामा प्रवेश गर्ने प्रवासी श्रमिकसंग जोडिएका छन।

हमिदीलाई लगाइएको चौथो र पाँचौं आरोपमा उनले आप्रवास कामदारको राहदानीमा चिप्स लगाउने जिम्मा पाएको डेटोनिक समूहबाट घुस लिएको बिषय उल्लेख छ। मलेशिया जाने कामदारको राहदानी संकलन गरी भिसाका लागि प्रक्रिया शुरु गर्ने कम्पनी मार्फत हमिदीले श्रमिकबाट रकम असुल गरेको आयोगको आरोप छ। मलेशिया र नेपालका सरकारी अधिकारिको मिलेमतोमा ओएसी लगायतका विभिन्न प्रणाली अनधिकृत रुपमा सञ्चालन गरि कामदारबाट रकम असुल्न अनुमति दिएको समाचार यस अघि मलेशियाका सञ्चार माध्यममा प्रकाशित भएको थियो ।

त्यस्तै आठौँ आरोप मध्ये छैठौं, सातौँ र आठौँमा हमिदीले प्रवासी श्रमिकलाई सेवा दिने निजि कम्पनीबाट घुस लिएको आरोप छ। हमिदीमाथि पाकिस्तान र नेपालमा वन स्टप सेन्टर (ओएससी) का संचालक नियुक्ति गर्दा घुस लिएको आरोप छ। हमिदिले मलेसिया जाने नेपाली र पाकिस्तानी कामदारलाई लागू गरिएको ओएससी प्रणालीबाट अगस्त ३ २०१७ देखि मार्च २०१८ को बीचमा २ मिलियन मलेसियन रिंगेट अर्थात ५ करोड ८० लाख रुपैयाँ घुस लिएको आरोप छ।

गत मे ९ मलेसियामा भएको आम निर्वाचनपछि बिपक्षीको भूमिकामा रहेका हमिदीमाथि लगाइएको आरोप प्रमाणित भए मलेसिया भ्रष्टाचार आयोगको कानुनि व्यवस्था अनुसार उनलाई २० बर्षको जेल सजाय हुन सक्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार