काश्मीरमा भारतीय सेनाका मेजरसहित ६ जनाको मृत्यु

काश्मीरमा भारतीय सेनाका मेजरसहित ६ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ साउन २०७५
  • 76.8K
    Shares

भारत प्रशासित काश्मीरको बान्दीपोरा जिल्लामा सोमबार राति अबेर सेना र चरमपन्थीबीच भिडन्त हुँदा भारतीय सेनाका मेजरसहित तीन जना जवानको मृत्यु भएको छ भने दुई जना चरमपन्थी पनि मारिएको बताइएको छ ।

मृत्यु हुनेमा भारतीय सेनाका मेजर केपी राणे तथा  हवलदार जमी सिंह, हवलदार विक्रम जीत र राइफलम्यान मनदीप रहेका छन् । मृत्यु भएका सबै जवान राष्ट्रिय राइफल्स ३६ हुन । सोही कारबाहीमा परि दुई जना चरमपन्थीको मृत्यु भएको छ ।’

श्रीनगर सेनाका प्रवक्ता कर्नल राजेश कालियाले भारतीय सेनाले सम्भावित ठूलो दुर्घटना गराउने उद्देश्यले घुसपैठको प्रयास गर्ने चरमपन्थीको योजना विफल पारिदिएको दावी  गरे ।

 

भारतीय सेनाका अनुसार सोमबार राती गुरेन्ज सेक्टरको बख्तौर क्षेत्रको नियन्त्रित रेखामा पार गरि घुसपैठ गर्ने प्रयास गरेको एक समूहलाई देखेपछि दुईतर्फबाट गोलीबारी शुरू भएको थियो ।

बादीपोराका डिप्टी कमिशनर शहीद इकबाल चौधरीले ट्विटर हैंडलमा लेखेका छन्, ‘गुरेजमा युद्धविरामको उल्लंघन।’ श्रीनगरबाट करीब १७० किलोमीटर टाढा गुरेन्जघाटी पाकिस्तान सीमासँग जोडिएको क्षेत्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार