अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी नेतालाई वार्ता प्रस्ताव

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी नेतालाई वार्ता प्रस्ताव


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ साउन २०७५
  • 15.4K
    Shares

अमेरिकी राष्ट्रपति डोनल्ड अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी नेतालाई वार्ता प्रस्तावले ‘विना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ भेटवार्ताका लागि इरानी नेताहरूलाई प्रस्ताव गरेका छन्।

ह्वाइट हाउसमा संवाददाताहरूलाई उनले भने, “म जोसुकैलाई भेट्नसक्छु। म भेटवार्ताहरूमा विश्वास गर्दछु।”

यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले मेलमिलापको कुरा गरेका हुन्। गत मेमा अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो।

सो सम्झौता अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएपछि इरानले आफ्ना पारमाणविक गतिविधिहरू नियन्त्रण गरेको थियो।

इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधका बावजुद वाशिङटनले केही दिनभित्र तेहरानमाथि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ। मध्यपूर्वमा इरानका गतिविधिलाई लिएर अमेरिकाले निकै शंका गर्दै आएको छ।अमेरिका इरानका दुई प्रतिद्वन्द्वी मुलुक इजरेल र साउदी अरेबियाको साझेदार हो। गत मेमा ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतालाई ‘भयङ्कर’ र ‘एकपक्षीय’ भनेका थिए।

भेटवार्ताको प्रस्ताव गरेका ट्रम्पले भने, “यदि उहाँहरू भेट्न चाहनुहुन्छ भने हामी भेट्नसक्छौँ।”

ट्रम्पको प्रस्तावपछि रुहानीका एक सल्लाहकारले ‘पारमाणविक सम्झौतामा फर्केमा’ र ‘इरान राष्ट्रका अधिकारको सम्मान गरेमा’ त्यसले वार्ताका लागि बाटो खोल्ने भन्दै ट्वीट गरेका छन्।

यदि भइहाले सन् १९७९ को इरानी क्रान्तिपछि अमेरिकी र इरानी नेताहरूबीच पहिलो पटक भेटवार्ता हुनेछ।

ट्रम्पको अभिव्यक्तिमा अचानक आएको परिवर्तनले उत्तर कोरियाली नेता किम जङ-अनसँगको उनको भेटवार्ताका लागि उनले गरेका प्रयासको झझल्को दिएको छ।

ऐतिहासिक भेटवार्ताअघि ट्रम्प र किम एकअर्कामाथि आरोप-प्रत्यारोप लगाउने र धम्की दिने कार्यमा संलग्न थिए। Source BBCNEPALI.COM

प्रतिक्रिया
सम्बन्धित समाचार