एलजी समुहका नाइके ललित गुरुङ लगायत १० जनालाई थुनछेक आदेशका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीका सिडियो तारानाथ अधिकारीसमक्ष पेश गरिरहेको थियो l त्यही बेला सिडीयोको आदेशमा प्रभाव पार्न एलजी समुहका अन्य सदस्यहरुले सिडियो कार्यालय अघि उपस्थित भएर होहल्ला गरे l प्रहरीले उनीहरुलाई पक्राउ गर्यो l तर उनीहरुको होहल्लाले नाइके ललित गुरुङ लगायत १० जनालाई जेल सजाय हुनबाट बचाउन सकेन l
गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै कास्कीका सिडियो तारानाथ अधिकारीले एलजी समुहका नाइके ललित गुरुङ लगायत १० जनालाई धरौतीसहित जेल चलान गर्ने आदेश दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको फैसला अनुसार नाइके ललित गुरुङ लाई ६ महिना कैद सजाय र पच्चिस हजार जरिवाना तोकेको छ । यस्तै, चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई ४–४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ भने सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला सुनाइएको हो ।
पक्राउ परेका मध्ये बिजय रानाभाट र नवीन गुरुङ यसअघि नै छुटिसकेका छन् । तीनसाता अघि १५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले तिमध्ये १० जनालाई जेल पठाएको हो ।