महिला माथि हुने बलत्कारको मुख्य कारण बेरोजगारी समस्या पनि हो भन्ने एक घट्नाले देखाएको छ । अपरिचत पुरषसंग जागिर पाउने प्रलोभनमा सल्यानका दुई युवती दाङ्गमा बलत्कृत भएका छन् ।
असार २९ गते तुल्सीपुर उप–माहानगरपालिका विरेन्द्र चोकमा अपरिचित एक जना महिला र पुरुषको भेट भयो यहि भेट नै यूवतीहरुका लागि घातक बन्यो । अध्ययनका लागि तुलसीपुर आएकी २१ बर्षिय यूवती र तुलसीपुरकै ४५ बर्षका विश्वकर्मा थरका पुरष विच कुराकानी र परिचय पश्चात छुट्टिए ।
फोन मार्फत आफुले जागिर खोजि दिएको भन्दै पटक पटक भेट्न अनुरोध गरेपछि यूवतीले भेट गरिन् । साउन दुई गते ११ बजे दुबैको तुल्सीपुर चोकमा भेट भयो । दुबै जनाले एक एक जना साथी लिएर चार जना अमेलिया खानेपानीमा जागिर खुलेको र फारम भर्न जानुपर्ने भन्दै अमेलिया तर्फ लागे ।
अमेलिया देखि पूर्वपश्मि राजमार्ग अन्र्तगत लमहीतर्फ कालीखोला भन्ने गाउँ जाने वनको बाटोमा झारे । जंगलमा यूवतीलाई जवरजस्ती करणी गरी फरार भएपछि पिडित यूवती आफै अमेलिया प्रहरी चौकीमा पुगेर सहयोग मागिन् । लगतै अमेलिया प्रहरीहरुको टोली महिलालाई लिएर घटनास्थलमा पुगेर जवरजस्ती करणी गर्ने बर्ष १८ का भोधराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिडित महिलाकै सहयोगमा एक जनालाई पक्राउ गर्ने सफल भएको अमेलिया प्रहरी चौकीका प्रमुख युवराज चौधरीले जानकारी दिए । वडा प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहले जवरजस्ती करणी गर्नेलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको र फरार अभियुक्तको खाजी भईरहेको जानकारी दिए ।