कमिशन माग्दै गरेका गढीमाइ नगरपालिकाका मेयर यादव सहित अन्य चारजना कर्मचारी तारेखमा रिहा

कमिशन माग्दै गरेका गढीमाइ नगरपालिकाका मेयर यादव सहित अन्य चारजना कर्मचारी तारेखमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ असार २०७५
  • 14.1K
    Shares

चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा बसेर भुक्तानी दिएबापत उपभोक्ता समितिका पदाधिकारीहरुसंग कमिशन माग्दै गरेको अबस्थामा  पक्राउ परेका रौतहटको गढीमाइ नगतापालिकाका मेयर श्याम प्रसाद यादव सहित अन्य चारजना कर्मचारी रिहा भएका छन । उनीसंगै सोही नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नर बहादुर बिक, लेखापाल बिमल मिश्र, नायव सुब्वा करपुरी ठाकुर, कार्यालय साहयक अजय कुमार यादव पनि रिहा भएका छन ।

होटलमा बसेर उपभोक्ता समितिका पदाधिकारीहरुलाई बोलाएर कमिशन माग्दै पुरानो मितिको चेक दिँदै गरेको भन्ने सुचना जिल्ला प्रशासन कार्यालय रौतहटमा पुगेपछि प्रहरी खटाएर मेयर सहित अन्य चार कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका मेयर तथा कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बयान पछि खोजेको समयमा उपस्थितहुने गरी मंगलवार साँझ छाडेको बताइएको छ ।

रौतहटका सिडिओ गोविन्द प्रसाद रिजालले बयान पछि छाडिएको जानकारी दिएका छन् । तर मेयर यादव तथा अन्य कर्मचारीहरुले होटलमा बसेर कुनै अनियमित काम नगरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार